परिचय

शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीको परिचय

शिक्षा विकास तथा समन्वय एकाइ, कैलाली कैलाली जिल्लाको शिक्षा क्षेत्रको विकास, समन्वय, सहजीकरण तथा अनुगमनका लागि कार्यरत जिल्लास्तरीय शैक्षिक निकाय हो। यस एकाइले संघीय शिक्षा नीति, योजना तथा कार्यक्रमहरूको जिल्लास्तरीय कार्यान्वयनमा सहजीकरण गर्दै स्थानीय तह, विद्यालय, शिक्षक तथा अन्य शैक्षिक सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्य कायम गर्दछ।

एकाइले विद्यालय शिक्षा तथा शिक्षकसम्बन्धी कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्नुका साथै शैक्षिक सूचना तथा तथ्याङ्क व्यवस्थापन, शैक्षिक कार्यक्रमहरूको अनुगमन तथा समन्वय, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र शैक्षिक गतिविधिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउँदै आएको छ। साथै जिल्लाको समग्र शैक्षिक अवस्थाको अध्ययन, विश्लेषण तथा आवश्यक प्रतिवेदनका लागि समेत सहजीकरण गर्दछ।

कैलाली जिल्लाको शैक्षिक विकासलाई थप प्रभावकारी, गुणस्तरीय, समावेशी र प्रविधिमैत्री बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहजीकरणलाई प्रभावकारी बनाउँदै विद्यालय शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्‍याउनु यस एकाइको प्रमुख उद्देश्य हो।